स्वास्थ्य सेवा विभागद्धारा तीन महिनाका लागी तीन सय जना कर्मचारी माग

२० कात्तिक, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले तीन महिना समयका कर्मचारी माग गरेको छ ।

सातै प्रदेशमा कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि भन्दै मन्त्रालयले कर्मचारी दरखास्त आह्वान गरेको छ ।

कोरोना महामारी व्यवस्थापनमा थप सहयोग पु¥याउन गत भदौ ३१ को निर्णयअनुसार कर्मचारी राख्न लागिएको मन्त्रालयले जनाएको छ ।

बिरामी प्रोफाइल, प्रयोगशाला सम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतमा काम गर्न तीन महिना अवधिका लागि कर्मचारीहरू राख्न लागिएको हो ।

दरखास्त फारम जततउःररमयजक.नयख.लउर मा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ ।

१८ वर्ष पुगेका र ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । आजदेखि सात दिनभित्र दरखास्तका लागि समय छ ।

सिआइसिटी सहजकर्ता, अस्पताल विमारी सूचना संयोजक, प्रयोगशाला सूचना व्यवस्थापन सहजकर्ता, सूचना समायोजन तथा विश्लेषण सहजकर्तालगायत पदमा दरखास्त आह्वान गरेको हो।