बाल सचेतना केन्द्र नेपालको निशुल्क खाना खुवाउने अभियान ५६औं दिन आज पनि जारी नै रहन्छ

१९कात्तिक, काठमाण्डौ । बाल सचेतना केन्द्र नेपालले विगत ५६ दिनदेखि सडकपेटीमा बसोबास गर्र्दै आएका भोकाहरुलाई निशुल्क खाना खुवाउदै आएको दैनिक १ देखि २०० सम्म भोका मान्छेहरुलाई निशुल्क खाना खुवाउन्दै आएको र यो अझै जारी नै रहेन बताउनु भयो । हामीले बिशेषगरी बौद्ध क्षेत्र र पशुपति क्षेत्रमा सडक पेटीमा र घरबारबिहीन भएका भोकाहरुलाई निशुल्क खाना खुवाउदै आएको समेत बताउनु
भयो । अध्यक्ष बाबुराम फुँयाल काअनुसार हामीले आजका दिनसम्म कोभिड १९ का कारण विभिन्न समयमा नेपाल सरकारले गरेका लकडाउन, सर्टडाउन, निषेधाज्ञा, सिलले गर्दा समस्यामा परेका सडक बालबालिका, महिला, असहाय, अपाङ्गता, ज्येष्ठ नागरिक, दैनिक ज्यालादारी लगायतलाई” कोही भोको नरहौं” भन्ने मुल नाराका साथ सामाजिक दुरिलाई कायम गर्दै प्रत्येक दिन निःशुल्क खाना वितरण कार्यक्रमको आज बुधबार समेत ५६ औं दिनको शृङ्खला जारी रहने बताए ।

बाबुराम फुँयालको नेतृत्वमा सहयोगी संस्था तथा व्यक्तिहरुको सहयोगमा संस्थाका पदाधिकारीहरुले नियमित रुपमा खाद्यान्न सामाग्री,तरकारी लगायत खरिद गरि आफैले पकाएर प्याकिङ गरेर राजधानीका चाबहिल, चुच्चेपाटी, बौंद्ध, गौंशाला, कपन, जोरपाटी, तिनचुले लगायतका क्षेत्रहरुमा रहेका समस्यामा परेका बालबालिका, महिला लगायतलाई नियमित रुपमा बाईकको माध्यमले प्याकिङ खाना बोकेर १५० देखि ३०० जनालाई निःशुल्क खाना वितरण गर्दै आएको आध्यक्ष फुँयालले कदर न्यूजलाई बताउदै आगामी दिनमा संस्थाको यो खाना खुवाउने अभियान निरन्तर जारी रहने बताउनु भयो ।