देशभरमा ३११४ जना कोरोना संक्रमित पुष्टि

१८ कात्तिक, काठमाडौं । ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनामा गरिएको परीक्षणमा १८६७ पुरुष र १२४७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३१४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका १४६८ जना रहेका छन् ।

कहाँ कति संक्रमित रु
पछिल्लो २४ घण्टामा काठमाडौंमा १४४२, चितवनमा १९५, ललितपुरमा १६३, मोरङ, काभ्रेमा १४९, सुनसरीमा १०७, रुपन्देहीमा १०१, दाङमा ९७, मकवानपुरमा ७९, कैलालीमा ७३, नुवाकोटमा ६९, भक्तपुर र कास्कीमा ६३, बाँके ५३ जना संक्रमित भएका छन् ।

त्यस्तै तनहुँमा ३६, नवलपरासी पूर्वमा ३३, धनुषा र बर्दियामा २७-२७, धादिङमा २६ र झापामा २२ जना संक्रमित भेटिएका छन् ।
सिराहामा १९, नवलपरासीमा १८, गोरखामा १६, बागलुङमा १५, कपिलवस्तुमा १४, पर्सा, रामेछाप र सिन्धुपाल्चोकमा १३-१३ जना, रौतहट १२, दोलखा र गुल्मीमा ११-११ जना, बारा, महोत्तरी, जुम्ला र डोटीमा १०-१० जना, स्याङ्जा र रुकुम पश्चिममा ९-९ जना संक्रमित भएका छन् ।
ओखलढुंगा, सर्लाही, सिन्धुली र कालीकोटमा ८-८ जना, लमजुङ र दैलेखमा ७-७ जना, म्याग्दी, रोल्पा र सुर्खेतमा ६-६ जना, धनकुटा, पाल्पा र कञ्चनपुरमा ५-५ जना, अछाम, दार्चुला र बैतडीमा ४-४ जना संक्रमित भएका छन् ।
इलाम र उदयपुर, मुस्ताङ, रुकुम पूर्व ३-३, खोटाङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, सप्तरी, अर्घाखाँची, जाजरकोट, सल्यान र बझाङमा २-२ जना, पाँचथर, रसुवा, पर्वत, डोल्पा, मुगु र डडेल्धुरामा १-१ जना संक्रमित भएका छन् ।