आर्सनलद्धारा म्यानचेस्टर युनाइटेडलाई १-० पराजित

१७ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा आर्सनलले १(० गोलको जित हात पारेको हो ।

आर्सनलको जितमा पिएरे–एमरिक अउबमेयाङले पेनाल्टीमा गरेको गोल निर्णायक बन्यो। उनले खेलको ६९ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

युनाइटेडका पाउल पोग्बाले हेक्टर बेलरिनलाई फउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो ।

आर्सनलले युनाइटेडलाई सन् २००६ पछि पहिलो पटक प्रिमियर लिगको अवे खेलमा पराजित गरेको हो ।

लिगको अर्को खेलमा टोटेनहमले ब्राइटनलाई २(१ गोलले पराजित गरेको छ ।

टोटेनहमका लागि ह्यारी केनले १३ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेका थिए ।

५६ मिनेटमा ब्राइटनका तारिक लाम्प्टेले बराबरी गोल फर्काए ।

७३ मिनेटमा गारेथ बेलले हेडमार्फत गोल गरेर टोटेनहमलाई २(१ ले अघि बढाए ।

यता न्युकासल युनाइटेडसँग २(१ गोलले पराजित भएसँगै एभर्टनले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।

लिगमा लिभरपुल ७ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ। टोटेनहम १४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

तेस्रो स्थानको एभर्टनको १३ अंक छ। चौथो स्थानको साउथह्याम्टन र पाँचौ स्थानको वुल्भ्सले पनि समान १३(१३ अंक बटुलेका छन् । चेल्सी भने १२ अंक जोडेर छैटौं स्थानमा छ ।