मुुलुकभरमा आज २३६४ जना कोरोना भाइरसका संक्रमित थपिए

१३ कात्तिक, काठमाण्डौ । आज देशभरमा २३६४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । तीमध्ये १ लाख २४ हजार ८३२ जना निको भएका छन् । आजै ३०३८ जना निको भएर गर फिर्ता भएका छन् ।