Breaking News

माक्सभित्र छोपिएको दशैको हर्ष र खुसी

१० कात्तिक, काठमाण्डौ । हिन्दू नेपालीहरुको सबैभन्दा ठूलो महान चाँड बडा दशैं को आज दशौं दिन आफ्ना मान्यजनसँग टिका लगाएर मानिएको छ । । दसैँको सबैभन्दा महत्वपूर्ण र उल्लासमय दिन हो आज विजया दशमी अर्थात् टीका ग्रहण ।

आज नेपालीहरुले मान्यजनसँग टीका र जमरा लगाएर आशिर्वाद लिने दिन पनि हो । दसैँमा टीका लगाउनकै लागि मानिसहरु विदेशबाट स्वदेश फर्किने र स्वदेशकै शहरबाट गाउँमा मान्यजनसमक्ष दशैको टिका थाप्न पुग्छन् ।

दसैँ आपसमा भेटघाट र खुशी साटासाट गर्ने दिनको पर्व पनि हो । वर्षभरि आआफ्ना काममा व्यस्त हुनेहरु दसैँमा टीका लगाउन भेट गर्ने गर्छन् । तर यो वर्षको दसैँ विगतमा जस्तो खुसी, हर्ष उल्लास र त्यति रमाइलो पनि देखिएन ।

विश्वमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन मानिसहरुबीच दूरी कायम गर्नुपर्ने अवस्थामा टाढाटाढा र घुमेर टिका थाप्न भने जान भयभित र त्रासले गर्दा यस वर्षको दसैँको टीका विगतमा जस्तो उल्लासपूर्ण देखिएन । मान्यजनको हातबाट टीका थाप्न पनि मुखमा मास्क लगाएर आफ्नो मुस्कान छोप्न बाध्य भएर टिका लगाइएको छ ।

देशमा बढ्दो कोरोना संक्रमण र जनमानसमा त्रासका कारणले प्रायजसो मानिसहरुले आ–आफ्नो घरभित्र घरपरिवार र अन्य केही छिमेकी र केही सिमित मान्नेजनको हातबाट मुखमै माक्स लगाएर दशैको टिका र जमरा थाएिको पाइयो । त्यसैले सबैले कोरोना भाइरसको न्यूनीकरणको लागि यो वर्षको दशैंलाई सकभर घरभित्रै मनाउन आग्रह पनि छ ।