कर्णाली प्रदेशमा थपिए ६५ जना कोरोना भाइरसका संक्रमिण बिरामी

९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा आज थप ६५ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका छन् ।

कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल प्रयोगशाला र चौरजहारी अस्पताल रुकम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आइतबार ६५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

नयाँ संक्रमितमध्ये सुर्खेतका १७ जना रहेका छन् । जसमा तीनजना सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र चिकित्सक एक÷एकजना र अन्य कन्ट्याक्ट ट्रेसिङ रहेका व्यक्ति रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

त्यस्तै कालिकोटका २७ जना, दैलेखका नौ जना, जुम्लाका पाँचजना, मुगुका दुईजना, रुकुम पश्चिम र सल्यानका एकरएकजना र अन्य प्रदेशका तीन जना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ५ हजार ६८० पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार आइतबार प्रदेशमा थप १३२ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ४ हजार ३७३ पुगेको छ ।

प्रदेशभर हालसम्मा १ हजार ११९ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए ।

कर्णालीमा हालसम्म कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ ।