मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस संक्रमण

६ कार्तिक, काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्य कोरोना संक्रमण भएको छ । सोको जानकारी मुख्य मन्त्री पौडेललेका प्रेस संयोजक प्रकाश दाहालले दिएको जानकारी दिएका छन् । मुख्यमन्त्री पौडेललाई रुघाखोकी देखिएपछि उनी सुरक्षाविधि अपनाएर होम आइसोलेशनमा बसेका थिए ।

कोरोना परीक्षणका लागि उनले बुधबार स्वाब दिएका थिए । उनलाई बिहीबार कोरोना पुष्टि भएको हो ।

पौडेलसंगै मुख्यमन्त्रीकी पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको छ ।