आज सर्वाधिक ५७४३ जना कोभिड-१९ का संक्रमित थपिए

५ कात्तिक, काठमाडौं । आज मुलुकभर ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएका छन् ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये जना ३१०७ काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् ।

यो संगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७९१ जनाको मृत्यु भएको छ भने ९९ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् ।

आजै मात्र २९९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ४४ हजार ४७६ संक्रिय संक्रमित छन् ।