लद्दाखमा पक्राउ परेका चिनियाँ सैनिकलाई भारतद्धारा फिर्ता

एजेन्सी

५ कात्तिक, काठमाडौं । लद्दाखमा पक्राउ परेका चिनियाँ सैनिकलाई भारतले फिर्ता गरिदिएको छ ।

चिनियाँ जनमुक्ति सेनाले बुधबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका अमल्दार वाङ या लोङ भारतले फिर्ता गरेको जानकारी दिएको छ ।

दुई देशबीचका सैनिकहरूबीच कुराकानी भएपछि उनलाई फिर्ता गरिएको हो ।

सोमबार बिहान लद्दाखको दिमचोक क्षेत्रबाट उनलाई भारतीय सेनाले नियन्त्रणमा लिएको थियो । उनी हराएको याक खोज्न सहयोग गर्ने क्रममा भारतीय भूमिमा पुगेको पिएलएले जनाएको छ ।

भारतीय सेनालेचिनियाँ सैनिक लोङलाई आवश्यकता अनुसार अक्सिजन, खाना र न्यानो कपडा दिएर राखेको बताएको थियो ।

गत जुन १५ गते लद्दाखको गल्वान भ्यालीमा भारत र चीनका सैनिकहरूबीच झडप भएको थियो । त्यस झडपमा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाले ज्यान समेत गुमाएका थिए । त्यसपछि बढेको तनावलाई नियन्त्रणमा लिन दुई देशबीच पटकरपटक वार्ता हुँदै आएको
छ ।