जनताको ज्यान जोगाउन अरू सबै खर्च रोके हुन्छ, भ्रष्टाचार/फजुल खर्च रोके पुग्छ

५ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना पीडितको निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको बताएका छन् । यसले महामारी झन् विकराल बन्ने उनको धारणा छ ।

अध्यक्ष भट्टराईले आज बिहान ट्वीट गद पैसा अभाव भएको भए दानपात्र राख्न तर सबै संक्रमितको उपचार निःशुल्क गर्न सकिने बताएका छन् । जनताको ज्यान जोगाउन अरु सबै खर्च रोके हुने उनको धारणा छ ।

कोरोना पीडितलाई निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो । यसले महामारी झन् विकराल बन्नेछ । यो पैसाको अभावले हैन, जनताको ज्यान जोगाउन अरू सबै खर्च रोके हुन्छ, भ्रष्टाचाररफजुल खर्च रोके
पुग्छ । अस्पतालमा धनीले दिन चाहे दानपात्र राखौं तर सबैलाई निःशुल्क गरौं ।