काठमाण्डौ उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिए

४ कात्तिक, काठमाडौं । आज देशभर ३ हजार ९३ संक्रमित थपिदा काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित पुष्टि भएका छन् । काठमाडौं १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७७५ पुगेको छ भने संस्थागत आइसोलेसमा रहेका व्यक्तिहरुको संख्या १३ हजार ५ सय ५९ रहेको
छ ।

होम आइसोलेसनमा रहनेहरुको संख्या २८ हजार १ सय ९६ जना रहेका छन् । नेपालमा आज १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । १३ लाख १४ हजार ७ सय ७९ जनाको परीक्षण भएको छ ।