जनता समाजवादी पार्टी को संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई चयन

४ कात्तिक, काठमाडौं । लामो समयसम्म जनता समाजवादी पार्टीको वरिष्ठ नेता मात्र भएर बसेका डा. बाबुराम भट्टराईलाई जसपाले संघीय परिषद अध्यक्ष बनाएको छ ।

पार्टीको आज मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको पार्टीका एक नेताले बताएका छन् ।

भट्टराईका सहयोगी रोशन पोखरेलले केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउने प्रस्ताव पेश भइसकेको जानकारी दिएका छन् ।

‘आज बेलुकीसम्म सबै निर्णय सार्वजनिक हुन्छ,’ एक स्रोतले बताएको छ ।

जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन् ।

यसअघि पार्टी एकीकरण हुनु भट्टराई समाजवादी पार्टी संघीय परिषद अध्यक्ष थिए । राष्ट्रिय जनता पार्टीसंग समाजवादीले पार्टी एकता गरेपछि जसपाको बरिष्ठ नेतामात्र थिए ।