आजबाट सहुलियत मूल्यमा खसीबोका बिक्री

३ कात्तिक, काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट आजदेखि सहुलियत मूल्यमा खसीबोका बिक्री गर्न थालेपछि किन्नेको भिड लागेको छ ।

दसैँलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि पहिचो चरणमा खसी(बोका बिक्री सुरु गरिएको हो ।

कम्पनीले यसपटक खसीबोका कम ल्याउन सक्ने भन्दै पहिलो दिनमै खरिदका लागि सर्वसाधारणको भिड लागेको छ ।

यसपटक कम्पनीले जिउंदो खसी तथा बोकाको मूल्य प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५५० रुपैयांमा खसीबोका बिक्री गरिरहेको छ ।

आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४०५ वटा खसी(बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको कम्पनीले जनाएको छ । यो वर्ष कम्पनीले च्यांग्रा भने खरिद गरेको छैन ।