Breaking News

नेपाली कांग्रेसका सांसदद्धारा दशैं भत्ता फिर्ता दिने निर्णय

३ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले आफ्ना सांसदको खातामा आएको दशैं भत्ता फिर्ता दिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले एक सूचना प्रकाशित गर्दै पार्टीका सांसदको भत्तावापतको कूल रकम ४३ लाख २० हजार आठ सय १० रूपैयां फिर्ता दिने निर्णय भएको हो ।

‘कांग्रेसबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यलाई उपलब्ध गराइएको दसैं भत्तावापतको रकम कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको छ,’ खांणले भने, ‘४३ लाख २० हजार आठ सय १० रूपैयां जनताको उपचारका लागि संघीय संसद सचिवालय मार्फत नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिन्छ ।’

सरकारले महामारीका बेला सांसदलाई भत्ता दिने निर्णय उचित नभएको उनले बताए ।