आज देशभरमा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु

३० असोज, काठमाण्डौ । कोरोना संक्रमणबाट आज थप १९ जनाको मृत्यु भएको छ ।

प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार भक्तपुरका ५ जना, काठमाडौंका ३, ललितपुरका २ तथा मकवानपुर, धादिङ, रामेछाप, बाग्लुङ, रुकुम पश्चिम, सुर्खेत, रुपन्देही, मोरङ, सिराहा र रौतहटका १–१ जनाको मृत्यु भएको छ ।

बालकोट, भक्तपुरकी ३८ वर्षीया महिलाको सशस्त्र प्रहरी अस्पतालमा बुधबार मृत्यु भएको छ । उच्च रक्तचाप र दमको समस्या भएकी उनलाई १७ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने १८ गते अस्पताल भर्ना भएकी थिइन् ।

भक्तपुर नगरपालिका–४, भक्तपुरकी ४४ वर्षीय पुरुषको बिहीबार मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी हृदयघात भएर २८ गते अस्पताल भर्ना भएका थिए ।

लिवाली, भक्तपुरकी ७४ वर्षीया महिलाको बिहीबार भक्तपुर अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २८ असोजमा अस्पताल पुगेकी उनलाई २९ गते संक्रमण पुष्टि भएको थियो ।

थिमी, भक्तपुरका ४२ वर्षीय पुरुषको बिहीबार भक्तपुर अस्पतालमा मृत्यु भएको छ । २० असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी हृदयघात भएर २९ असोजमा अस्पताल पुगेका थिए । उनमा मधुमेहको समस्या समेत थियो ।

भक्तपुर नगरपालिका–७, भक्तपुरका ३४ वर्षीय पुरुषको बुधबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । उनी हृदयघात, शक र निमोनिया भएर २७ असोजमा अस्पताल भर्ना भएका थिए । उनमा मधुमेहको पनि समस्या थियो ।

नयाँ बानेश्वर, काठमाडौंका ७६ वर्षीय पुरुषको शुक्रबार नोबेल अस्पतालमा मृत्यु भएको छ । १८ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वास र मुटुमा समस्या भएर २३ गते अस्पताल भर्ना भएका थिए ।

तारकेश्वर, काठमाडौंकी २३ वर्षीय महिलाको शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । कलेजो र फियोको रोगबाट ग्रसित उनी निमोनिया भएर २७ असोजमा अस्पताल भर्ना भएकी थिइन् ।

पुतलीसडक, काठमाडौंकी ५२ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको छ । २५ असोजमा अस्पताल भर्ना भएकी उनलाई सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।

ललितपुरकी ७० वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको छ । उनी २० असोजमा अस्पताल भर्ना भएकी थिइन् र सोही दिन संक्रमण पुष्टि भएको थियो ।

ललितपुरकी १७ वर्षीया महिलाको शुक्रबार बयोधा अस्पतालमा मृत्यु भएको छ । रक्तअल्पता र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी निमोनिया र शक भएर २८ असोजमा अस्पताल भर्ना भएकी थिइन् र, सोही दिन संक्रमण पुष्टि भएको थियो ।

हेटौंडा(९, मकवानपुरका ६६ वर्षीय पुरुषको बुधबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । २७ असोजमा अस्पताल भर्ना भएका उनलाई २८ गते संक्रमण पुष्टि भएको थियो । उनमा दम र उच्च रक्तचापको पनि समस्या थियो ।

धादिङका ४५ वर्षीय पुरुषको बिहीबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । २८ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २९ गते अस्पताल भर्ना भएका थिए ।

रामेछापकी ३३ वर्षीया महिलाको बुधबार पाटन अस्पतालमा मृत्यु भएको छ । फोक्सोको क्यान्सरबाट पीडित उनलाई १७ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९ गते अस्पताल भर्ना भएकी थिइन् ।

ढोरपाटन नगरपालिका–७, बाग्लुङका २५ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा मृत्यु भएको छ । उनी मुस्ताङमा कार्यरत सशस्त्र प्रहरी जवान हुन् । २५ असोजमा अस्पताल भर्ना भएका उनलाई २७ गते संक्रमण पुष्टि भएको थियो ।

चौरजहारी नगरपालिका–१४, रुकुम पश्चिमका ३३ वर्षीय पुरुषको शुक्रबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २१ असोजमा अस्पतालमा भर्ना भएका उनलाई २२ गते संक्रमण पुष्टि भएको थियो ।

गुर्भाकोट नगरपालिका–२, सुर्खेतका २२ वर्षीय पुरुषको बिहीबार कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको छ । घरमा बेहोस भएका उनलाई २८ असोजमा देउती अस्पताल भर्ना गरिएको थियो । अवस्था जटिल भएपछि प्रदेश अस्पताल लगिएको थियो ।

तिलोत्तमा नगरपालिका–२, रुपन्देहीका ६७ वर्षीय पुरुषको शुक्रबार बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । उनलाई २१ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

विराटनगर महानगरपालिका–३, मोरङका ६५ वर्षीय पुरुषको शुक्रबार नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचापको समस्या भएका उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

लाहान नगरपालिका–१, सिराहाका ६३ वर्षीय पुरषको बिहीबार नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ ।
कटहरिया नगरपालिका–७, रौतहटका ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ