आज मुलुकभर कोरोना भाइरसका ३५६६ जना संक्रमित

२७ असोज, काठमाडौं । आज देशभरमा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन् ।
यो संगै कुल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । उनीहरुमध्ये ६६३ जनाको मृत्यु भएको छ भने ७८ हजार ७८० संक्रमणमुक्त भएका छन् । आजै १५०३ जना संक्रमणमुक्त भएका छन् ।