भोलि बस्ने भनिएको काँग्रेस कन्द्रीय कमिटीको बैठक स्थगित

२४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ ।

कांग्रेस पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको असोज २३ गते निधन भएकोले बैठक स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सात जना केन्द्रीय सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको थियो ।

बैठक कहिले बस्ने भन्नेबारे पनि बिज्ञाप्तीमा खुलाइएको छैन ।