पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

२४ असोज, काठमाडौं । पछिल्लो चरणमा काठमाण्डौ उपत्यकामा धेरै मात्रामा कोरोना भाइरसका संक्रमित बढ्ने क्रमसँगै सरकारी निकायका सरकारी कर्मचारी, प्रधानमन्त्री निवासका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण हुने क्रममा आज नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

हिजो शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले आज शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । ‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन ।

मन्त्री भट्टराईले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन आग्रह गरेका छन् ।