महिला हिंसा तथा बलात्कारविरूद्ध मण्डलामा कालो प्रदर्शन

२४ असोज, काठमाडौं । नेपालमा कोरोना कहरसँगैे बलात्कारका घटना बढ्न थालेका छन् । यसैको विरुद्धमा काठमाडौंको माइतीघर मण्डलामा महिला हिंसा तथा बलात्कारविरूद्ध प्रदर्शन गरिएको छ ।

आज शनिबार मण्डलामा ‘अझै कति सहने ?’ फेसबुक पेजमा आवद्ध भएका अभियन्ताहरूले स्वतःस्फूर्त रूपमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले कालो पोशाक र आँखामा पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले बलात्कारविरूद्ध गीत पनि गाएका
थिए । सबैले ‘नो मिन्स नो’ लेखेका प्लेकार्ड बोकेका थिए ।

प्रर्दशनबारीले बलात्कारीहरूलाई मृत्युदण्ड नदिई कडा भन्दा कडा सजाय दिनुपर्ने माग राखेका छन् ।