आज सर्वाधिक ५००८ जना कोरोना भाइरसका संक्रमित थपिए

२३ असोज, काठमाण्डौ । आज मुलुकभर ५००८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएका छन् ।

देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

यो सँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् । १७ हजार १६४ जना होम र १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका २६७२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका २१००, ललितपुरका ३६९ र भक्तपुरका २०३ जना छन् ।

यस्तै मोरङका ३६९ जना, सुनसरीका ३९४, रुपन्देहीका २१५, चितवनका १४७, सुर्खेतका १३४, दाङका ९३, तनहुँका ५५, मकवानपुरका ५४, कास्कीका ५१, झापा र सिन्धुलीका ४८–४८ जना, बाँकेका ४५, प्युठानका ४२, नुवाकोटका ४०, धादिङका ३८, पाल्पाका ३७, पर्सा र नवलपुरका ३६–३६ जना, काभ्रे र कैलालीका ३५–३५ जना, नवलपरासीका ३१, गोरखा २५, सर्लाही १९ तथा सिराहा र कञ्चनपुरका १८–१८ जनामा संक्रमण देखिएको छ ।

रौतहटका १७ जना, बाग्लुङ र सल्यानका १२–१२ जना, धनकुटा, धनुषा, महोत्तरी, र रुकुम पश्चिमका ११–११ जना, बारा, दैलेख र बझाङका १०–१० जना, संखुवासभाका ९, दोलखा, जुम्ला र बैतडीका ८–८ जना,म्याग्दी स्याङ्जाका ७–७ जना, उदपयुर, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र अछामका ६–६ जना, ओखलढुंगा, रामेछाप र रोल्पाका ५–५ जना, इलाम, डडेलधुरा र डोटीका ४–४ जना, खोटाङ, भोजपुर, रसुवा, पर्वत र दार्चलाका ३–३ जना, लमजुङ र रुकुम पूर्व २–२ जना तथा ताप्लेजुङ, तेह्रथुम र कालीकोटका १–१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।