आज सर्वाधिक ४३६४ जना कोरोना भाइरसका सक्रमित थपिदा काठमाण्डौमा २५४० पुष्टि

२२ असोज, काठमाण्डौ । मुलकभरमा ४ हजार ३६४ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् ।

थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् ।

यो संगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । त्यसमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर २६ हजार ६८४ संक्रिय संक्रमित छन् ।