कोरोाना भाइरसका कारण आज १५ जनाको मृत्यु

काठमाडौं । काठमाडौंका ६ सहित कोरोनाभाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका मृतकमा ४ जना पुरुष रहेका छन् भने २ महिला रहेका छन् ।
यस्तै ललितपुरमा १ जना पुरुषको मृत्यु हुँदा दाङ, सिरहा र रौतहटमा पनि १र१ महिलाको मृत्यु भएको छ ।

यसैगरी मोङमा थप २ पुरुषको पनि मृत्यु भएको छ भने चितवन, रुपन्देही र नवलपरासीमा पनि १र१ जना पुरुषको मृत्यु भएको छ ।
स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ५ महिला र १० पुरुष गरी थप १५ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या हालसम्म ५७८ पुगेको जानकारी दिए ।