कोरोना संक्रमण बढ्दो आज एकै दिन ३४३९ जनामा संक्रमण

२१ असोज, काठमाडौं । आज एकै दिन ३४३९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएका छन् ।

देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा १२६१ महिला र २१७८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् ।

देशभर २५ हजार ७ संक्रिय संक्रमित छ । १४ हजार ४११ होम र १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा
छन् । उनीहरुमध्ये २३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १६८४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२९६, ललितपुर २९३ र भक्तपुरका ९५ जना छन् ।

यस्तै मोरङका ३२२ जना, सुनसरीका १९३, चितवनका १३१, रुपन्देहीका १३०, बाँकेका १०६, मकवानपुरका ९९, सुर्खेतका ७८, काभ्रेका ५१, दार्चुलाका ४८, रौतहट, कास्की र बाग्लुङका ३४–३४ जना, सप्तरी र कपिलवस्तुका ३३–३३ जना, सिन्धुलीका ३०, कैलालीका २५, दाङका २४ झापा र बर्दियाका २२–२२ र लमजुङ र पाल्पाका १९–१९ जनामा संक्रमण पुष्टि भएको छ ।

धनुषा र नवलपरासीका १८–१८ जना, सर्लाही र नवलपुरका १७–१७ जना, पर्सा र सिराहाका १५–१५ जना, बारा, गोरखा र तनहुँका १३–१३ जना, सिन्धुपाल्चोकका ११, धादिङका १०, नुवाकोट, गुल्मी र सल्यानका ९–९ जना, रामेछापका ८, दोलखाका ६, महोत्तरी, दैलेख र अछामका ५–५ जना तथा उदयपुर, ओखलढुंगा र कञ्चनपुरका ४–४ जनामा पनि संक्रमण देखिएको छ ।

यस्तै खोटाङ, धनकुटा, संखुवासभा, पर्वत, स्याङ्जा, प्युठान, रुकुम पश्चिम र डोटीका ३–३ जना, भोजपुर, म्याग्दी, अर्घाखाँची, रोल्पा र बैतडीका २–२ जना तथा इलाम, रुकुम पूर्व, कालीकोछ, डोल्पा, डडेलधुरा र बझाङका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।