Breaking News

सरकारद्धारा सबै प्रकारका परीक्षा लिन अनुमति

२१ असोज, विराटनगर । कोरोना भाइरस (कोभिड(१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को ओज १९ गते सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय गरेको हो ।

बैठकले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने पनि निर्णय भएको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिएका छन् ।