साइबर अपराधी पसल रोकाया इलाम सीमाबाट पक्राउ

२१ असोज, काठमाण्डौ । बिगत लामो समयदेखि साइबर अपराधी कृयाकलापमा संलग्न रहेका जुम्लामा पसल रोकाया प्रहरी फन्दामा परेका छन् । प्रहरीको खोजि कार्यमा रहेका उनी भारतबाट नेपाल आउदै छन् भन्ने सुराकीको आधारमा अपराधी रोकायालाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट खोटिएको विशेष टोलीले साइबर अपराधमा संलग्न रही फरार कुख्यात अभियुक्त रोकायालाई इलामको नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ ।

जुम्लाको कनका सुन्दरी गाउँपालिकाका पसल रोकायाले जुम्लाका मात्र नभएर अन्य जिलका कयौं मान्छेलाई ठगेका छन् । पक्राउ परेका रोकायाले सामाजिक सञ्जाल म्यासेन्जर, भाइबरबाट नर्सहरुलाई आइटीमा जागिर लगाइदिन्छु भन्दै पैसा माग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

भारतमा बसेर नेपालमा साइबर अपराध गर्ने रोकायविरुद्ध साइबर अपराध र ठगी सम्बन्धी ५ वटा मुद्दा काठमाडौँ परिसरमा दर्ता भएको एसपी राठौरले बताएका छन् । एसपी राठौरका अनुसार रोकाय एउटा मुद्दामा १ लाख धरौटीमा रिहा भइसकेका छन् ।

सर्वसाधारण भन्दा पनि रोकायको निशाना नर्सहरुमा  थियो । नर्सहरुले जति पनि पैसा खर्च गर्नसक्ने भएकाले नर्सहरुलाई निशाना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

रोकायविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरो र महानगरीय अपराध महाशाखामा समेत साइबर अपराध तथा ठगी सम्बन्धी जाहेरी परेको बताइएको छ । रोकायालाई खोज्न नेपाल प्रहरीको एक अनुसन्धान टोली नै परिचालित थियो ।