बाल सचेतना केन्द्र नेपालको “कोही भोगो नरहौ” अभियान आज पनि जारी

१७ असोज, काठमाण्डौ । बाल सचेतना केन्द्र नेपालद्धारा जारी अभियान “कोहि भोको नरहौ, कसैले भोको बस्नु पर्दैन, कोहि भोको हुनुहुन्छ” भने हामी निःशुल्क खाना खुवाउने अभियान आज २२ औ दिनमा पुगेको छ । यसैको खाना खुवाउने अभियानमा सहायोग गर्ने क्रममा आजको निःशुल्क खाना खुवाउने अभियानमा भोजपुर जिल्ला अरुण गा.वि.स जरायोटार घर भइ हाल काठमाडौंमा बस्ने समाजसेवी तिलक अधिकारी र अरुण गाउपालिका याकु स्थाइ ठेगाना भइ हाल काठमाडौंमा बस्ने समाजसेवी श्रीमती गिता ढकाल बाट २५० जना व्यक्तिहरुलाई निःशुल्क खाना खुवाउन सहयोग गरिदिनु भएको जानकारी अभियन्ता तथा केन्द्रका अध्यक्ष बाबुराम फुयालले बताउनु भएको छ ।

साथै अध्यक्ष भुसालले सहयोगदाताहरुलाई निशुल्क खाना खुवाउने अभियानमा सहयोगरी दिनुभएको मा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद समेत दिनु भएको छ । अध्यक्ष फुयालले संस्थाले चलाएको यस पुन्य अभियानमा सहयोग गर्न चाहानु हुने मनकारी दाजुभाइ तथा दिदिबहिनीहरुले निम्न फोनमा सम्पर्क गरि सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।

बाबुराम फुयालः 9851122516

शर्मिला उप्रेती :9843072816

बुद्धिमान लिम्बूः 9841815168

रबिन्द्र दाहाल :9843015111