काठमाण्डौ उपत्यकामा जोरबिजोर कडा, सयौं सवारी साधनलाई कारवाही

१३ असोज, काठमाण्डौं । काठमाण्डौ उपत्यकामा निरन्तर बढ्दो कोरोना संक्रमणको मध्यनजर गर्दैै सरकारले लागू नै राखेको सवारी साधनमा लगाएको जोर बिजोरमा आजदेखि अझ कडा गरिएको छ । सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएसँगै मंगलबार ९ गते देखि सयौं वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

जोरबिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताएका छन् ।

राजधनीका विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएका धेरैजसो मोटरसाइकल छन् ।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीको तयारी छ । तर, सवारी नियम नै उल्लंघन गर्नेलाई भने कारबाही गरिने समेत बताइएको छ ।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई सम्बन्धित चेक प्वाइन्टमै ‘होल्ड’ गरेर राखिएको छ ।