केपी ओली शर्मा ओलीको नेतृत्वको सरकारलाई घेर्नुपर्छ

१२ असोज, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार लगायत अनियमितता गरेकोले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

सरकारले अप्रजातान्त्रिक काम गरिरहेकोले आन्दोलन गर्ने दिन आउन सक्ने देउवाको भनाइ छ । नेपाल महिला संघ केन्द्रीय समितिले सोमबार गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले भने, ‘यो कम्युनिष्ट सरकारले अति बदमासी गरेको छ ।

हाम्रा साथीभाइलाई धरपकड गरेको छ । ओली नेतृत्वको सरकारले कर्मचारीलाई पनि धम्क्याउने, तर्साउने काम गरिरहेको आरोप देउवाको छ ।

‘सरकारले जथाभावी गरेको छ । कर्मचारीलाई धम्क्याएर तर्साएर राखेको छ । हाम्रो पालामा त यस्तो गरेको थिएन ।

सभापति देउवाले ओली सरकारलाई तह लगाउनुपर्ने पनि बताए । ‘ओली सरकारलाई तह लगाउनुपर्छ, यो सरकारलाई घेर्नुपर्छ,’ देउवाले भने ।

कोरोना महामारी रहेकोले अहिले नै सरकारविरूद्ध आन्दोलन गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘मैले पहिल्यै कम्युनिष्टले जिते देशलाई खतरा हुन्छ भनेकै हो,’ देउवाले भने, ‘कोरोना नआएको भए देशैभरि जुलुस गर्ने योजना थियो मेरो । कोरोना भएकाले गर्न मिलने भने ।