बसको ठक्करबाट स्कुटीमा सवार एकै परिवारका तीन जनाको मृत्यु

११ असोज, विराटनगर । बसको ठक्करबाट स्कुटरमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

आज आइतबार दिउँसो साढे ४ बजे जितपुर सिमरा उपमहानगरपालिका– १ स्थित पुर्वपश्चिममा ना ४ ख ७२४४ नम्बरको बसले प्रदेश न २–०३–००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

निजगढबाट पथलैयातर्फ जाँदै गरेको बसले निजगढतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । उक्त ठक्करबाट निजगढ नगरपालिका–१० का २५–२६ वर्षीय तिर्थ मान स्याङ्तान, उनकी श्रीमती २२–२३ वर्षीया ज्योती स्याङ्तान र एक वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ ।

ती बालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनापछि बसका चालक फरार भएका छन् ।

उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।