आज मुलुकभरमा १३१३ जना कोरोना भाइरसबाट संक्रमिण

९ असोज, काठमाडौं । देशभरमा १३१३ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार २६२ नमुना परीक्षण गर्दा ४५३ महिला र ८६० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १,४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६४५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जना छन् ।

यस्तै मोरङका ६९ जना, चितवनका ६७, रुपन्देहीका ६१, महोत्तरीका ५५, सर्लाहीका ३९, बाँकेका ३२, सुनसरीका २८, अछाम र बझाङका २५–२५ जना, नवलपुरका २४, कास्कीका १९, गोरखाका १६, पर्साका १५, झापा र सल्यानका १४–१४ जना, सिराहा र प्युठानका १३–१३ जना, धनुषाका ११, बाराका १०, मकवानपुर, दाङ र सुर्खेतका ९–९ जनामा संक्रमण पुष्टि भएको छ ।

बाग्लुङका ८ जना, काभ्रेका ७ जना, कपिलवस्तु, गुल्मी, पाल्पा, बर्दिया र कैलालीका ६र६ जना, लमजुङका ५ जना, धादिङ, रामेछाप, स्याङ्जा र अर्घाखाँचीका ४–४ जना, खोटाङ, सप्तरी र नुवाकोटका ३–३ जना, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी र डोटीका २–२ जना तथा ताप्लेजुङ, तेह्रथुम, रौतहट, दोलखा तनहुँ, दैलेख, कञ्चनपुर र दार्चुलाका १–१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।