राष्ट्रिय सम्मान साथ बिश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको अन्त्यष्टि

७ असोज, काठमाडौं । हिम चितुवाको रुपमा चिनिएका विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ ।

१० पटकसम्म विनाअक्सिजन विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाको ५ असोजमा काठमाडौंस्थित छोरीको घरमा निधन भएको थियो ।

उनको आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरे ।

शव यात्रासहित शेर्पाको शव टेकु दोभानसम्म पु¥याइएको थियो । शवयात्रामा लामा धर्मगुरुहरु, आरोहीहरु, आफन्तजनलगायतको सहभागीता थियो ।