मेघा र अल्का अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमिणको मृत्यु

७ असोज, काठमाडौं । ललितपुर जावलाखेलस्थित अल्का अस्पताल र सानेपास्थित मेघा अस्पतालमा कोरोना उपचाररत दुई जना वृद्धको मृत्य जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

जावलाखेलस्थित अल्का अस्पतालमा पाटनका ७४ वर्षीय वृद्धको मंगलबार राति सवा दुई बजे मृत्यु भएको हो । उनी गत भदौं १६ गते अस्पताल भर्ना भएका उनमा कलेजोमा समस्या थियो । उपचारकै क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

यस्त लतिलपुरकै सोनपास्थित मेघा अस्पतालमा उपचाररत धापाखेलका ८० वर्षीय वृद्धको भने मंगलबार साँझ ५ बजे मृत्यु भएको थियो । उनी गत भदौं ६ गते अस्पताल भर्ना भएका थिए ।