सुनको मुल्य घढ्दो क्रम आज प्रतितोलामा ९४३०० रुपैयाँमा कारोबार

७ असोज, काठमाडौं । कोरोना कहरसँगै आकासिएको सुनको भाउ आजभोलि बिस्तारै ओरोलो लाग्दैछ । त्यसमा नेपाली बजारमा आज बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । हिजो मंगलबार प्रति तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार प्रति तोलामा ९४ हजार ३०० रुपैयाँमा झरेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने बुधबार चाँदीको मूल्य पनि घटेर तोलामा ११९० मा कारोबार भएको महासंघले जनाएको छ ।