सांगठनिक एकताका बाँकी काम पूरा गर्न १० दिनको म्याद दुई अध्यक्ष र महासचिवलाई

६ असोज, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले निष्ट पार्टी सांगठनिक एकताका बाँकी कामहरूलाई पूरा गर्न १० दिनभित्र प्रस्ताव पेश गर्न दुई अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको छ ।

दुई अध्यक्ष र महासचिवले पार्टीको सांगठनिक एकताका लागि ठोस प्रस्ताव प्रस्तुत गर्ने र त्यसका आधारमा सचिवालयले छलफल गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

गत चैत २६ गते बसेको स्थायी कमिटी बैठकले १ महिनाभित्र पार्टी एकताका सम्पूर्ण कामहरू सक्ने निर्णय गरेको थियो ।

नेकपा एमाले र माओवादी केन्द्र एकता भएको २८ महिना बितिसक्दा पनि सांगठनिक एकता हुन सकेको छैन ।

पार्टीका विभाग गठन भए पनि यसले पूर्णता पाएको छैन । भातृ संगठनको केन्द्रमा एकता भए पनि तल्ला कमिटीहरूमा एकता हुन सकेको छैन ।