राप्रपाको चुनाव चिन्ह हलो, गाई छोड्नु परेको पिडा कमल थापाद्धारा ट्यूटबाट व्यक्त

६ असोज, काठमाडौं । एकिकरणको प्रक्रियामै रहेका दुई राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएर चुनाव चिन्ह राख्ने गरी एकीकृत पार्टी बनाएर निर्वाचन आयोगमा दर्ता गर्न
जादैछन् ।

यी दुई पार्टीबीच एकिकरण गर्ने सहमति पूरा भएपनि चुनाव चिन्ह गाई वा हलो भन्नेमा विवाद रहँदै आएको थियो । यही विवादकै कारण एकिकृत पार्टी राप्रपा अहिलेसम्म निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

पार्टीका तीन अध्यक्ष कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले आइतबार चुनाव चिन्ह हलो बनाउने सहमति गरेका छन् ।

अध्यक्षबीच आइतबार भएको सहमति अनुसार सोमबार दुबै पार्टीका कार्यसम्पादन समितिले छलफल गरेर ’हलो’ लाई एकिकृत पार्टीको चुनाव चिन्ह बनाउने निर्णय भएको राप्रपा एक स्रोतले बताएको छ ।

हिजो सोमबार आआफ्नो पार्टीको कार्यसम्पादन समितिमा छलफल गरेर पछि दुबै पार्टीको एकिकृत कार्यसम्पादन समितिले यसलाई मूर्त रूप लिने बताइएको छ ।
पार्टी एकीकरणको तीनवटा बुँदामा पनि सहमति भएको बताइएको छ ।

जसमा राप्रपाको पुरानो दर्तालाई कायम गरेर विधान संशोधन गर्ने, केन्द्रीय कार्यसमितिको सदस्य संख्यालाई १६५ बाट ३२७ बनाउने र चुनाव चिन्ह गाईंको सट्टा हलो बनाउने सहमति जुटेको हो ।

यस्तै आगामी वर्षको वैशाखको तेश्रो हप्ता केन्द्रीय महाधिवेशन गराउने ।

अध्यक्ष मण्डलका एक कमल थापाले आफ्नो ट्वीटरमा चुनाव चिन्हमा सहमति जनाउदै केही बिलौना समेत पोखेका छन् छन् ।

थापाले भनेका छन्, हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ’गाई’ उपयुक्त चुनावचिन्ह हो । तर, पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो । परिस्थितिजन्य यो बाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी, शुभचिन्तकहरुमा अपिल गर्दछु ।

अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं’, भनेर आज विहान ट्विट गर्दै यस्तो भनेका छन् ।