कही कतै लोडसेडिङ भएको छैन बिजुली गए सिधै मलाई फोन गर्नुहोस्

मन्त्री, बर्षमान पुन (अनन्त)

५ असोज, काठमाडौं । नेपाल बिद्युत प्राधिकरणमा अहिले कार्यकारी निर्देशक पद खाली रहेको छ । हालै मात्र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएपछि राजनीनामा दिएर बिदा भइसकेका छन् भने सो पदमा सरकारले अहिलेसम्म  अर्को पात्र कसैलाई पनि नियुक्ति गर्न सकेको छैन । तर जनताले दिनहुँ जसो निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुननियुक्तिका लागि सडकमा नाराजुलुस समेत गरिरहेका छन् भने अर्को तर्फ जनतामा फेरि पनि लोडसेडिङ हुने हो की भन्ने त्रास भएको बेला सरकारले पछिल्लो समयमा विभिन्न मर्मत तथा प्राविधिक कारणले लाइन काटिरहेको बताएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रालयले यसलाई लोडसेडिङ नभएको प्रष्ट्याएको भए पनि जनताले कुलमानको कार्यकाल सकिएसँगै पुन लोडसेडिङ भएको अनुमान गर्न थालेका पनि छन् ।

ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रीको निजी सचिवालयका अनुसार सडक विस्तारका क्रममा हिजो आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराहृन १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ केभी प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सर्फमरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको थियो ।

‘त्यस सम्बन्धमा केही ग्राहकमा भ्रम पर्न गएको भान भएकाले स्पष्टताका लागि यो जानकारी दिइएको हो,’ मन्त्रीका प्रेश संयोजक दयानिधि भट्टले फेसबुकमा लेखेका छन् ।

उनले कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा ऊर्जा मन्त्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेको छ ।

सम्पर्कका लागि ऊर्जामन्त्रीको सचिवालयको हटलाइन नम्बर ११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिने उनले जानकारी समेत गराएका छन् ।