भोलि बालुवाटारमा बस्नेगरी नेकपा सचिवालय बैठक स्थगित

५ असोज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज सोमबार बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक भोलि मंगलबार दिउँसो १२ः ३० बजे बस्ने गरी स्थगित भएको हो ।

पेरिसडाँडामा हिजो आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको थियो ।