एकै परिवारका चारै जना झुन्डिएको अवस्थामा फेला

एजेन्सी

४ असोज, काठमाडौं । एकै परिवारका चारै जनाले झुन्डिएर आत्महत्या गरेका छन् । प्राप्त समाचारका अनुसार भारत जयपुरको कानोता इलाकास्थित राधिका बिहारमा बस्दै आएका थिए ४५ वर्षकागहना व्यापारी यशवन्त सोनीसहित उनकी ४१ वर्षीया श्रीमती ममता, २० र २३ वर्षका छोराहरु सँगै झुन्डिएको अवस्थामा फेला परेका छन् ।

प्रहरीको अनुसन्धानअनुसार मृतक यशवन्तले ऋण लिएका थिए । ऋण माफियाहरुले उनलाई निरन्तर टचर दिइरहेकाले तत बाध्य भएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका गरेको छ ।

असोज ३ गते हिजो शनिबार परिवारका कसैलाई छिमेकीले बाहिर नदेखेपछि नजिकै बस्ने गरेका आफन्त घरमा पुगेका थिए । ढोकाभित्रबाट लगाइएको थियो । उनीहरुले ढोकाढक्ढक्याउँदा कुनै आवाज आएन । त्यसपछि झ्यालबाट चिहाएर हेर्दा पुरै परिवार झुन्डिएको अवस्थामा थियो । यसपछि सो छिमेकीले प्रहरीलाई सूचना गरेको थियो ।

प्रहरीका अनुसार तीन बाबुछोरा एउटै कोठामा झुन्डिएका थिए भने श्रीमती अर्कै कोठामा भुन्डिएकी थिइन् । श्रीमतीको आँखामा पट्टी थियो । दुबै छोराको खुट्टा बाँधिएको थियो ।
छिमेकीहरुका अनुसार राति केही मानिस घर आएका थिए । लेनदेनका विषयमा उनीहरुसँग केही विवाद चलेको सुनिएको
थियो । तर त्यसपछिका घटनाक्रम कसैलाई थाहा भएन ।

यशवन्त गहनाको काम गर्थे । मिडिया रिपोर्टमा बताइएअनुसार प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ । यद्यपी, यसबारे प्रहरीले प्रतिक्रिया दिन अस्विकार गरेको छ । छोराहरुको खुट्टा र आमाको आँखामा पट्टी किन बाँधियो भन्ने विषयमा पनि प्रहरीले कुनै सुचनामा बाहिर ल्याएको छैन ।

प्रहरी अनुसन्धानअनुसार यशवन्तले झन्डै एक महिना पहिले आत्महत्याको प्रयास गरेका थिए । उनले हातको नशा काटेका
थिए । यतिबेला परिवारले अस्पताल लगेकाले उनको ज्यान बचेको थियो ।

ऋणले हैरान थियो परिवार

घटनास्थलमा पुगेका एडिशनल एसपी मनोज चौधरीका अनुसार गहनाको काममा यो परिवार सक्रिय थियो । उनीहरुले कोही व्यक्तिसँग ब्याजमा पैसा लिएका थिए र ब्याज माफियाले उनीहरुलाई प्राडित गरिदिएका थिए । त्यसैकारण परिवारले झुन्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रहरीले यस विषयमा छिमेकीहरुसँग पनि बयान लिएको छ भने केही व्यक्तिहरुलाई छानविनका लागि हिरासतमै राखेको छ । चारै मृतकको शवलाई पोस्टमार्टका लागि जेएनयु अस्पतालमा राखिएको छ ।