पेट्रोल बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा नदिमै आगलागी

४ असोज, काठमाडौं । ना ४ ख २८२२ नम्बरको ट्यांकर पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।

सो ट्यांकर काठमाडौंतर्फ आइरहेको बेला धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खस्न पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दमकलको सहायताले आगो निभाइएको छ ।

नदीमा खसेको ट्यांकरको केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटना आज बिहानपख करिब २ बजे भएको हो । ट्यांकर चालक र सहचालक प्रहरीको सम्पर्कमा नआएको बताइएको छ ।