पत्रकार सुरत केसी अलङ्कार (यशोवर्दक) पदकबाट विभूषित

असोज ३, काठमाण्डौं । आज संघीय गणतन्त्र दिवसको ७ औं संविधान दिवस असोज ३ गते । संविधान दिवसकै अवसरमा राष्ट्रपतिबाट आज मुलुकका ५९४ जनालाई पदक सहित विभूषित गरेकी छिन् । राष्ट्रपतिबाट आज म्याग्दीका सुरत केसी सम्मानित हुनुभएका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा म्याग्दीबाट महत्वपूर्ण योगदान पु¥याएको नाममा उनलाई संविधान दिवसका अवसरमा अलङ्कार (यशोवर्दक) पदकले विभूषित भएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सुरत केसी विगत ६ महिना देखि म्याग्दीमा निरन्तर रुपमा खटिरहनु भएको छ । डिसिसिएमसीको सदस्य समेत रहनुभएका केसी पत्रकार महासंघ म्याग्दी शाखाका निर्वतमान अध्यक्ष समेत हुनुहुन्छ । केसी कोरोना रोकथामका लागि जिल्लामा अग्रपंक्तीमा रहेर निरन्तर खट्नुभएको छ ।

साथै नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको उपमन्त्री पदमा रहनुभएका केसीको जिल्लामा विपद् व्यवस्थान र अस्पतालका विरामीहरुलाई रगत उपलब्ध गराउन उहाँको महत्वपूर्ण योगदान छ । केसीले ५९ भन्दा वढी पटक रक्तदान गरिसक्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने महानुभावलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको भियो । संविधान दिवसका अवसरमा मानपदवी, अलङ्कार र पदक वितरण गरिएको छ ।