काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका ७११ थपिदा ५ को मृत्यु

३ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । ललितपुरका ६८ र ७६ ववर्षीया महिल.ला तथा ६० वर्षका पुरुष तथा काठमाडौंका ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले बताएको छ ।