आज देशभरमा ११७० जना कोरोना भाइरसका संक्रमिण थपिए

२९ भाद्र, काठमाण्डौ । देशभरमा ११७० जनाका कोरोना भाइरसका संक्रमिण पुष्टि भएका छन् । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । आजै ८७९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

देशभरमा १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जनाएको छ ।