नेकपाको सदस्यता नवीकरण मंसिर मसान्तसम्म गर्न सूचना सार्वजनिक

२९ भाद्र, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी सदस्यता नवीकरण गर्न सार्वजनिक गरेको छ । पार्टी संगठन विभागका अनुसार मंसिर मसान्तसम्म पार्टीको सदस्यता नवीकरण गर्न सक्ने कार्ययोजना सार्वजनिक गरेको हो । संगठन विभाग प्रमुख वामदेव गौतमको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले तीनमहिने कार्ययोजना बनाएको छ ।

असोजभित्र पार्टी सदस्यहरुको तथ्यांक संकलन, कात्र्तिकमा अद्यावधिक र मंसिर मसान्तभित्रमा नवीकरण गर्ने गरेर कार्ययोजना बनेको छ,’ उजुरीका सम्बन्धमा अर्को बैठकमा छलफल गर्ने भएको छ । तल्लो स्तरसम्म कार्यकर्तालाई वैचारिक र सैद्धान्तिक हिसाबले क्षमतावान बनाउन स्कुल विभागलाई अनुरोध गर्ने निर्णय भएको छ । प्रदेश, जिल्ला लगायतमा देखिएका समस्याबारे पनि छलफल गरिएको छ ।

सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले चैतमा महाधिवेशन गर्ने र पार्टी एकतालाई थप मजबुत बनाएर लैजाने निर्णय गरेसँगै नेकपाको संगठन विभागको बैठक बसेको एक नेताले बताएका छन् ।