भारतमा कोरोना संक्रमण तिब्र बृद्धि

डब्लुएचओ

२९ भाद्र, काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बितेको २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ९ सय ३० नयाँ संक्रमित थपिएको जनाएको छ ।

संगठनका अनुसार भारत, अमेरिका र ब्राजिलमा संक्रमणको तीव्र वृद्धि देखिएको छ ।

संगठनको रिपोर्ट अनुसार शनिबार भारतमा ९४ हजार ३ सय ७२ जना नयाँ संक्रमित फेला परेका छन् भने अमेरिका र ब्राजिलमा क्रमशः ४५ हजार ५ सय २३ र ४३ हजार ७ सय १८ नयाँ संक्रमित फेला परेका छन् ।

यस्तै अमेरिका र भारतमा यही अवधिमा हजार बढी मानिसहरूको मृत्यु भएको छ ।

रिपोर्टमा २४ घण्टाको अवधिमा ब्राजिलमा ८ सय ७४ जनाको मृत्यु भएको जनाइएको छ।

यसै अवधिमा संसार भर ५५ सय बढी मानिसको कोरोनाका कारण मृत्यु भएको उसको रिपोर्ट छ। योसँगै कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ९ लाख १७ हजार ४ सय १७ पुगेको छ ।

संक्रमित संख्या विश्वमा दुई करोड ८० लाख नाघेको उसको भनाइ छ । संक्रमितको करिब आधा संख्या अमेरिकाबाट रहेको संगठनले जनाएको छ ।

संगठनका प्रवक्ताले ६ सेप्टेम्बरमा महामारी सुरू भएयताकै सर्वाधिक संख्यामा संक्रमित फेला परेको बताएका छन् । यो दिन ३ लाख ६ हजार ८ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो ।

अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भारतमा पुष्टि भएको संगठनको तथ्यांक छ ।

उसको रिपोर्ट अनुसार अगस्ट महिनामा मात्र भारतका करिब २० लाख मानिसमा कोरोना पुष्टि भएको छ । यो महामारी सुरू भएयता एकै महिनामा पुष्टि भएको सर्वाधिक संक्रमित संख्या हो ।

संगठनले सेप्टेम्बर महिनाको सुरूवातदेखि नै भारतमा औषतमा प्रतिदिन हजार बढी मानिसको कोरोनाका कारण मृत्यु हुँदै आएको जनाएको छ ।