आज लोकतन्त्र बिश्वभरीका देशमा जति सफल मानिन्छ त्यो भन्दा धेरै बढी त बिफल नै छ

बिश्वमा प्रत्येक राजनीतिक तन्त्रसँग एउटा न एउटा दर्शन जोडिएको हुन्छ । यस सन्दर्भमा हिजोको राजतन्त्रको दर्शन एकदमै प्रष्ट थियो । राजतन्त्र शासन गर्ने दैबी अधिकारको सिद्धान्तमा टिकेको थियो । राजा पृथ्वीमा इश्वरका प्रतिनिधि मानिन्थे । उनलाई पृथ्वीमा प्रजामाथि शासन गर्न पठाइएको भनिन्थ्यो । जनताका लागि खान अन्न होस् या नहोस् तर त्यहाँ राजा हुनु जरुरी थियो । अराजकता यसरी मात्र रोकिन्छ भन्ने मान्यता थियो । यो आवश्यकता वास्तवमा यत्तिको स्पष्ट र अनिवार्य मानिन्थ्यो कि राजबिना पनि काम चलाउन सकिन्छ र रु भन्ने प्रश्न दृष्टबिहीनको त कुरै छोडौ दुइ आँखा प्रष्ट देख्नेहरुले सोच्न र उठाउन
सक्तैनथे ।

यस्तै परिप्रेक्षमा निरंकुश राजतन्त्रको बिगबिगी चलेको बेला रुसो जस्ता बिचारकहरुले राजाको सत्तालाई सीमित तुल्याउनका लागि ‘सोशियल कन्ट्र्याक्ट’ अर्थात् ‘सामाजिक अनुबन्धको सम्झौताको’ सिद्धान्तको खोजी गर्नु परेको थियो । यस अनुसार राजाले जबर्जस्ती मानिसहरुमाथि कब्जा जमाएका होइनन् बरु मानिसहरुले परस्परमा बिचार बिमर्श गरेर आफुहरु स्वयंलाई राजाकहाँ सुम्पेका हुन् भन्ने मान्यता स्थापित हुन्थ्यो । त्यसैले कुनै बेला राजा र जनताका बीचमा एउटा अनुबन्ध भएको थियो जुन अनुबद्धमा राजालाई सशर्त सत्ता सुम्पिएको थियो ।

हुन पनि सत्तासँगको मानिसको सम्वन्ध धेरै नै पुरानो छ । समाजलाई संगठन चाहिन्छ र संगठनलाई एकताबद्ध राख्नका लागि सत्ता त्यो जस्तोसुकै किन नहोस् त्यसको स्वाभावैले त्यो केन्द्रिकृत हुने गर्दछ । कसैले आफ्नो जमिन या सम्पत्ति साझा तुल्याउन सक्तछन् र सक्लान् तर सत्ताको साझेदारीको कुरा सोच्न पनि सक्तैनन् भन्ने त्यो बेलाको मान्यता थियो र अहिले पनि धेर थोर त्यही छ । हाम्रो छिमेकी भारतमा राजाका साथसाथै ब्राह्मणले पनि आफुलाई अदण्डनीय घोषित गरेको इतिहास रहको छ । जसले गर्दा त्यो राजदरबारभन्दा पनि निरंकुश हुन सक्तथ्यो । हाम्रै देशको इतिहास हेर्ने हो भने पनि सत्ताको लागि काटामार गर्ने र बन्धुबान्धव पनि कसैलाई बाँकी नराख्ने दरबारी षडयन्त्रको उत्कर्षमा कोतपर्ब मच्चाएर राणाहरुले शासन हतयाए र त्यसपछि राणा शासनको बिरोध गर्नेहरुलाई कसैलाई फासीमा झुण्ड््याउने र कसैलाई गोली ठोक्ने काम गर्दै रहे । तर जनताका बीचमा आफुलाई बडो धर्मको पालक जस्तो पाखण्ड देखाएर राणा शासन बिरुद्ध ब्राह्मण समुदायबाट नेतृत्व गर्ने टंकप्रसाद आचार्य, रामहरि शर्मा आदिलाई भने चारपाटा मुढेर सुङ्गुरको पाठा बोकाई चार भञ्ज्याङ्ग कटाएर छोडेका थिए । जबकि लखनथापासँगै कयौं जाना राणा शासन बिरोधीहरुको हत्या गरिएको थियो र राणा शासन बिरोधी आधुनिक राजनीतिक आन्दोलन चल्दा १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालाललाई फाँसी दिने र गोली ठोकेर हत्या गर्ने काम गरिएको थियो ।

यस्तै परिप्रेक्षमा निरंकुश राजतन्त्रको बिगबिगी चलेको बेला रुसो जस्ता बिचारकहरुले राजाको सत्तालाई सीमित तुल्याउनका लागि ‘सोशियल कन्ट्र्याक्ट’ अर्थात् ‘सामाजिक अनुबन्धको सम्झौताको’ सिद्धान्तको खोजी गर्नु परेको थियो । यस अनुसार राजाले जबर्जस्ती मानिसहरुमाथि कब्जा जमाएका होइनन् बरु मानिसहरुले परस्परमा बिचार बिमर्श गरेर आफुहरु स्वयंलाई राजाकहाँ सुम्पेका हुन् भन्ने मान्यता स्थापित हुन्थ्यो । त्यसैले कुनै बेला राजा र जनताका बीचमा एउटा अनुबन्ध भएको थियो जुन अनुबद्धमा राजालाई सशर्त सत्ता सुम्पिएको थियो । त्यसको सट्टामा जनताले राजालाई निश्चित मात्रामा कर दिन स्वीकार गरेका थिए । के साँच्चै कहिले यस्तो अुनबन्ध भयो होला त रु दाबीकासाथ त कसैले पनि बताउन सक्तैन । जन स्मृतिमा पनि यस्तो कतै भेटिदैन र सुनिदैन पनि । तर अहिले त हाम्रा अगाडि या हामीसँग ‘सोशियल कन्ट्र्याक्ट’ को त्यस्तो सम्झौताको साटो संविधान तथा कानुनको शासन छ भन्ने गरिन्छ । त्यो पनि एक किसिमको राजनीतिक अनुबन्ध नै हो । यसमा सरकार पनि त्यसरी नै अनुशासित र अझ बढी अनुशासित हुनुपर्ने मानिन्छ जसरी नागरिकहरु अनुशासित हुन्छन् या हुनु पर्दछ भन्ने ठानिन्छ । यो अर्कै कुरा हो कि संविधान माछा मार्ने त्यस्तो जाल जस्तै हो जसमा स–साना भूरा माछा त फस्ने गर्दछन् तर ठूल्ठूला माछाहरु त्यो जाललाई चिरेर बाहिरै पर्दछन् या निस्कने गर्दछन् ।

राजतन्त्रको के बिशेषता हिजो मानिन्थ्यो भने त्यो एक किसिको प्रत्यक्ष र ठाडो प्रणाली थियो जसका त्रुटी र कमजोरीहरु तुरुन्त देखापर्ने गर्दथे । कुशासनका लागि कुनै एकजनालाई जिम्मेवार ठहराउनका लागि राजा हाजिर र मौजूद थिए । राजा राम्रो भएमा शासन सफल राजा खराब भएमा शासन बिफल । यसरी शासन राम्रो या सफल भएमा पनि यसमा प्रजाहरुको कुनै जिम्मेवारी थिएन ।

राजतन्त्रको के बिशेषता हिजो मानिन्थ्यो भने त्यो एक किसिको प्रत्यक्ष र ठाडो प्रणाली थियो जसका त्रुटी र कमजोरीहरु तुरुन्त देखापर्ने गर्दथे । कुशासनका लागि कुनै एकजनालाई जिम्मेवार ठहराउनका लागि राजा हाजिर र मौजूद थिए । राजा राम्रो भएमा शासन सफल राजा खराब भएमा शासन बिफल । यसरी शासन राम्रो या सफल भएमा पनि यसमा प्रजाहरुको कुनै जिम्मेवारी थिएन ।

यसरी हेर्दा राजतन्त्रको तुलनामा लोकतन्त्र एउटा जटील र जेलिएको प्रणाली हो भन्ने देखिन्छ । यसमा प्रत्येक मानिस राजा भएको र राज्यको सम्प्रभूता जनताको बीचमा रहेको मानिन्छ र यो प्रणालीमा र अन्तिम निर्णयकर्ता जनतालाई नै ठानिन्छ । यसबाट बिभिन्न समस्याहरु उत्पन्न हुने गर्दछन् र भएका छन् । जुन समस्याको समाधानको बाटो अहिलेसम्म निस्कन सकेको छैन भन्ने आफूलार्य लोकतन्त्रबादी ठान्नेहरुकै बिश्वास, अनुभब र मान्यता छ । त्यसैले उनीहरु यो बिश्वको सबभन्दा खराब ब्यबस्था भए पनि यसको बिकल्प छैन भन्न समेत बाँकी राख्दैनन् । संसदीय ब्यवस्थाको जननी मानिने तत्कालीन बृटेनका प्रधानमन्त्री बनेका नेता वीन्स्टन चर्चिले प्रष्ट यसै भनेका थिए । निश्चय नै राजतन्त्रको सफलताका लागि कुनै एकजना ब्यक्ति या मानिस राम्रो हुँनु नै काफी हुथ्यो या थियो । तर लोकतन्त्रका सफलताका लागि करोडौं मानिसहरु राम्रो हुनु नितान्त जरुरी हुन्छ । लोकतान्त्रिक शासन राम्ररी चल्ने कुरा करोडौ जनता राम्रो हुनुमाथि निर्भर गर्दछ । यस शासनमा जनताका बीचका हरेक नागरिहरुको योगदान रहेको र रहनुपर्ने मानिन्छ । राजतन्त्रमा कयौ पटक राजा शासनबाट उदासीन रहने गर्दथे । यस्तै एकजना सुरा सुन्दरीमा लठ्ठ भएर जनताको बिल्कुलै बेवास्ता गर्ने भोग बिलाशी राजालाई चेतावनी दिनका लागि उनकै दरबारिया कबिले यस्तो किसिमको श्लोक लेखेर उनलाई राजालाई पठाउनु परेको थियो ।

स्पष्ट त कारण के हो भने देशका नागरिकहरुको सामुहीक अन्तश्चेतनाको साँच्चो प्रतिनिधित्व तिनले गर्र्दैनन् या गर्न सक्तैनन् । प्रतिनिधित्वमाथि आधारित शासन – जसलाई लोकतन्त्रको संज्ञा दिइन्छ, – को यो एउटा आधारभूत दोष हो । यसका अतिरिक्त प्रत्येक त्यस्ता प्रतिनिधिहरुलाई एउटा निश्चित या निर्धारित अबधिका लागि प्रतिनिधित्व गर्ने अधिकार दिने गरिन्छ । यसका बिचमा यदि ती प्रतिनिधिहरु पतित भए या तिनले देश र जनताको अहितमा गम्भीर गडबडी गरे भने तिनलाई फिर्ता बोलाउने ठोस र प्रभावकारी प्रावधान अपवादलाई छोडेर, प्रायःजसो कतै रहेको या राखिएको हुँदैन या राखेको पाइदैन । लोकतन्त्रको मूलमा यी दुइटा आधारभूत धारणाहरु रहेका छन् ।

अहिलेसम्म त पराग पनि आएको छैन,मीठो मह पनि छैन, जब यस्तै अबस्थामा भमरा पूmलसँग बिन्दास हुन्छ भने अझ अगाडि के अबस्था होला कसले जान्दछ रु कथामा भनिएको छ — त्यो दरबारी कबिले लेखेको श्लोक पढेर आफ्नी नयाँ रानीमा लठ्ठ राजा त्यो आफ्नो मोहबन्धलाई तोडेर बाहिर निस्कन सफल भएका थिए । तर लाखौ मानिसहरुद्वारा जुलुश निकाल्ने र धर्ना दिने गर्दा पनि आजका सत्तासीन राजाहरुको आँखा खुल्दैन । स्पष्ट त कारण के हो भने देशका नागरिकहरुको सामुहीक अन्तश्चेतनाको साँच्चो प्रतिनिधित्व तिनले गर्र्दैनन् या गर्न सक्तैनन् । प्रतिनिधित्वमाथि आधारित शासन – जसलाई लोकतन्त्रको संज्ञा दिइन्छ, – को यो एउटा आधारभूत दोष हो । यसका अतिरिक्त प्रत्येक त्यस्ता प्रतिनिधिहरुलाई एउटा निश्चित या निर्धारित अबधिका लागि प्रतिनिधित्व गर्ने अधिकार दिने गरिन्छ । यसका बिचमा यदि ती प्रतिनिधिहरु पतित भए या तिनले देश र जनताको अहितमा गम्भीर गडबडी गरे भने तिनलाई फिर्ता बोलाउने ठोस र प्रभावकारी प्रावधान अपवादलाई छोडेर, प्रायःजसो कतै रहेको या राखिएको हुँदैन या राखेको पाइदैन । लोकतन्त्रको मूलमा यी दुइटा आधारभूत धारणाहरु रहेका छन् । जुन धारणालाई वास्तवमा पूर्णतया दिवालिया धारणा भन्न या मान्न सकिन्छ तर पनि बजारको अर्थशास्त्रमा – जसमाथि धेरैजसो सिद्धान्तहरु आधारित छन् हुन्छन् कि हरेक मानिसहरुले आफ्नो भलाई सबै भन्दा राम्ररी आफै जान्दछन् । यदि यस्तो हुन्थ्यो भने त धर्मशास्त्र तथा नैतिकताका हजारौं किताबरु, असंख्य सन्तहरु र उपदेशकहरुको आवश्यकता नै पर्ने थिएन । यिनको आवश्यकता आज पनि रहेको मानिन्छ । त्यसैले आज पनि यत्तिका धेरै सन्त, बाबा, गुरुहरु हुर्कने र फैलने गरेका पनि हुन् ।

अझ त्यसका आधारमा उसले काम पनि गर्न सक्तछ । शायद मानब चरित्रको यो बर्णन तथ्यमाथि आधारित छैन कि रु जुन मानिसका बारेमा हामी कसैले भन्दछौ या मान्दछौं कि उसले आफ्नै भलाईको कुरा के हो भनेर बुझ्दैन त्यस्ता मानिसले अरुको भलाईको कुरा कसरी बुझ्ला र ? यस्तो मानेर चल्ने हो भने त मानिससँग उ देबता भएको माग गर्नु जस्तै हुनेछ । यसै कारणले आज लोकतन्त्र बिश्वभरीका देशमा जति सफल मानिन्छ त्यो भन्दा धेरै बढी त बिफल नै छ ।

यथार्थमा स्पष्ट ज्ञान बोध के छ र हुनु पर्दछ भने हरेक मानिसले आफ्ना सर्बोच्च हितहरुको पहिचान गर्न सकुन् । लोकतन्त्रका पछाडि अर्को दोश्रो दर्शनिक धारणा के छ भने एकजना नागरिकले अरु सबै नागरिकहरुका हितहरुलाई जानेको मात्र हुदैन, अझ त्यसका आधारमा उसले काम पनि गर्न सक्तछ । शायद मानब चरित्रको यो बर्णन तथ्यमाथि आधारित छैन कि रु जुन मानिसका बारेमा हामी कसैले भन्दछौ या मान्दछौं कि उसले आफ्नै भलाईको कुरा के हो भनेर बुझ्दैन त्यस्ता मानिसले अरुको भलाईको कुरा कसरी बुझ्ला र ? यस्तो मानेर चल्ने हो भने त मानिससँग उ देबता भएको माग गर्नु जस्तै हुनेछ । यसै कारणले आज लोकतन्त्र बिश्वभरीका देशमा जति सफल मानिन्छ त्यो भन्दा धेरै बढी त बिफल नै छ । वास्तवमा लोकतन्त्रका लागि यसलाई हुर्काउन, जोगाउन र सही अर्थमा अघि बढाउन आर्थिक, सामाजिक तथा साँस्कृतिक अनुकूल परिवेश बनाइएन वा बनाउन सकिएन भने निरन्तर यस्तै अबस्था कायम रहने या दोहोरिरहने क्रम नै जारी रहन्छ । यो आजको बिश्वले निकै राम्रैसँग अनुभूति गरिरहेको यथार्थ कुरा हो । यसमा कुनै तर्क र बहस गरिरहनु नपर्ने स्थिति पैदा भइनै सकेको छ । त्यसैले भन्ने गरिएको छ कि लोकतन्त्रको बिकल्प ब्यापक जन सक्रियतामा आधारित जनताको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार निरन्तर सुनिश्चित र गतिमान हुने र जनता स्वयंले देशको हर्ताकर्ता हुनेअझ उन्नत लोकतन्त्र मात्रै हुन सक्छ ।