लमही–घोराही सडकखण्ड भासिएपछि एकतर्फ सवारी संचालन

२८ भदौ, दाङ । लगातर पानीका सडक गल्दा दाङको लमही–घोराही सडकखण्ड भत्किएपछि एकतर्फीमात्रै सवारी सन्चालन गरिएको छ ।

लमही नगरपालिकामा पर्ने कुल्मोहर भन्ने स्थानबाट करिब २ किलोमिटर टाढा सडक भासिएको छ । पक्की सडकको एकातिरको भाग पहिरो गएजसरी भत्किएको छ । साथै सडकमा चिरा परेका
छन् ।

दुर्घटनाको जोखिम रहेकाले भासिएको ठाउँमा एकतर्फी सडक सन्चालन गरिएको छ ।