तीनदिन सम्म भारी बर्षा हुने सम्भावना सतर्क रहन आग्रह, यस्तो छ मौसम पूर्वानुमान तालिका

२८, भाद्र काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर बदली रहेकाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा मेघ गर्जन र चट्टयाङ सहित वर्षा भइरहेको जनाएको छ । उसले यो क्रम मंगलबारसम्म जारी रहने जनाएको छ ।

अहिले काठमाडौंमा पनि भारी वर्षा भइरहेको छ ।

विभागका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।

विभागले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले ३ दिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

यस्तो छ विभागले आगामी तीन दिनका लागि गरेको मौसम पूर्वानुमानः

भाद्र २८ गते (आइतबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र २९ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश ५ एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश , प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र ३० गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश, र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।