काँग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

२३ भदौ, काठमाडौं । पछिल्लो चरणमा राजनीतिककर्मी, स्वास्थ्यकर्मी, र अन्य उच्च व्यक्तिलाई कोरोना संक्रमण देखिन थालेको बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफूमा कोरोनाभाइरस संक्रमण भएको बताएका
छन् ।

मंगलबार आएको स्वाब परीक्षण रिपोर्टले कोरोना संक्रमण पुष्टि भएको कोइरालाले बताउनु भएको र आफू होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।

आज गरिएको परीक्षणमा मलाई कोरोना संक्रमण पुष्टि भएको छ,’ कोइरालाले भने, ‘हाल मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन ।’

चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसन बसेको उनले जानकारी दिए ।

‘मसँग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा सजगता अपनाउनु हुन अनुरोध गर्दछु,’ कोइरालाले भनेका छन् ।

महामन्त्री कोइरालालाई सोमबार ज्वरो आएपछि ह्याम्स अस्पतालमा स्वाब परीक्षण गरिएको थियो । कोइरालाका सहयोगी भरत तिवारीका अनुसार कोइरालामा आज ज्वरो घटिसकेको छ । ‘उहाँले सिटामल खाएर आराम गरिरहनुभएको कोइराला निकट स्रोतले बताएको छ ।