अन्तः रेल विभागद्धारा आह्वान गरेको ठेक्का रद्द

२३ भाद्र, काठमाण्डौ । रेल बिभागले पूर्व पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माणको ठेक्का गरेको प्रक्रिया तोडिएको छ ।

बिभिन्न क्षेत्रबाट बिरोध र विप्लव माओवादीबाट समेत कारवाही गर्ने धम्कि आइरहेको बेला रेल विभागले एक सूचना प्रकाशित गर्दै असार १३ र १७ गते आह्वान गरिएको ठेक्काको सबै प्रक्रिया तोडेको जनाएको छ ।

विभागले ठेक्काको क्लज नम्बर ३७.१ को सेक्सन १ बमोजिम ठेक्का प्रक्रिया रद्द गरेको जनाएको छ ।